नेप्से सूचक ८.०१ अंकले बढ्याे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, ३२ साउन । सेयर बजारले बिहीबार सकारात्मक संकेत देखाएको छ ।

यस दिन नेप्से सूचक ८.०१ विन्दुले बढेर २०३३.१३ अंकमा आएको छ । १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसअघि विशेषगरी बजारमा ब्याजदर वृद्धिको हल्ला बेस्सरी चलेको थियो । सबै बैंकले बढाउन सक्ने अनुमान पनि भइरहेको थियो । तर ब्याजदर बढाउनेमात्र होइन, घटाउने बैंकहरु पनि भए । एक दर्जन बैंकले ब्याजदर बढाए पनि विशेषगरी ठूला र सबल बैंकहरुले भने ब्याजदर घटाए । केहीले स्थिर पनि राखे ।

यस दिन २७१ कम्पनीको ४० लाख ९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ करोड ७१ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र घोराही सिमेन्ट्स परेका छन् ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी