संसद सञ्चालन गर्न दलहरुबीच दुईबुँदे सहमति

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ६ भदौ । संसद अवरोध हटाउने विषयमा राजनीतिक दलहरुबीच दुईबुँदे सहमति भएको छ ।

बुधबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले दुइबुँदे सहमति गरेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राप्रपाका नेताहरु उपस्थित रहेका थिए ।

गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गरेको ६१ किलो सुन समातेको थियो ।

त्यसको छानविन गर्न उच्च स्तरीय आयोग गठनको माग गर्दै साउन १० यता प्रमुख प्रतिपक्षी दल एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी