नेप्से सूचक ३१.५२ विन्दुले घट्याे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, ७ भदौ । दिन सकारात्मक बनेको सेयर बजार तेस्रो दिन बिहीबार फेरि घटेको छ ।

यस दिन नेप्से सूचक ३१.५२ विन्दुले घटेर २०१३.९३ अंकमा आएर अडिएको छ । १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन् ।

१९९० लाई टेवा दिएर फर्किएको बजार गति लिने अपेक्षाविपरीत  पुनः घटेको हो । यसबाट पुनः अनिश्चितता उत्पन्न भएको छ । अब बजारले कुन विन्दुमा पुगेर बाउन्स ब्याक हुन्छ भन्ने चासो पनि बढेको छ । लाभांशको सिजन नजिकिंदै गर्दा बजारको प्रदर्शन कमजोर देखिएको छ । घटेको बजारमा एक–दुई दिन क्रेता देखिए पनि तुरुन्तै ट्रेडरहरु हावी हुने प्रवृत्ति देखिएको छ ।

यस दिन २७५ कम्पनीको ४६ लाख ५७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ८७ लाख रुपैयाँभन्दा कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट्स र शिवम् सिमेन्ट्स परेका छन् ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी