गौरालाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्छौ : प्रधानमन्त्री प्रचण्ड

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरिने बताएका छन्।

काठमाडौंको टुँडिखेलमा बिहीबार आयोजित समारोहमा प्रचण्डले सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने मान्यताका साथ गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गरेर जाने बताए।

यस विषयमा बुधबार बसेको मन्त्रिपरिषद बैठकमा पनि छलफल भएको उनले बताए।​ गौरा पर्वका अवसरमा देशभर सार्वजनिक बिदाको निर्णय पनि गर्ने उनले घोषणा गरे।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी