कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी : प्रचण्ड

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १२ भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताउनु भएको छ ।

प्रतिनिधि सभा बैठकमा आज भएको प्रश्नोत्तरमा सांसद एकनाथ ढकालको  प्रश्नको जवाफ दिँदै उहाँले सरकार विधिको शासनमा प्रतिबद्ध रहेको र अदालतको निर्णयको सम्मान गर्दै कार्यान्वय गर्दै आएको बताउनुभयो। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार नै रेशम चौधरीले गृह मन्त्रालयमार्फत कैद माफीका लागि राष्ट्रपति समक्ष निवेदन दिएको उहाँको भनाइ छ ।

यस्तै, उहाँले गङ्गामाया अधिकारीको उपचारका लागि सरकारले ३७ लाख ४७ हजार रुपैयाँ उपलब्ध गराएको जानकारी गराउनुभयो । गंगामायालाई मानवीय सेवा र संरक्षण दिइएको भन्दै प्रधानमन्त्री प्रचण्डले उहाँको स्वास्थ्य अवस्था समान्य रहेको पनि जवाफ दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी