डिम्याट नवीकरण नगर्नेको मेरो सेयर पनि रोक्का

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, १७ भदौ । डिम्याट खाता नवीकरण नगरेकाहरुको मेरो सेयर पनि नचल्ने भएको छ ।

सीडीएस एन्ड क्लिएरिङले गत साउन १६ गते सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न अनुरोध गरेको थियो ।

सीडीएसले डिम्याट खाता नवीकरण नगर्नेहरुको मेरो सेयर पनि भदौ १५ गतेदेखि रोक्का राखिने जनाएको थियो । सोही अनुसार अहिले डिम्याट नवीकरण नगर्नेहरुको मेरो सेयर रोक्का भएको छ।

सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले मेरो सेयर एक्टिभ गर्न डिम्याट खाता नवीकरण गर्नुपर्ने बताए । हाल लगानीकर्ताहरुले मेरो सेयरमार्फत आइपीओ, हकप्रद सेयर, डिबेन्चर खरिद गर्दै आइरहेका छन् । डिम्याट नवीकरण नगरे यी सबै सेवाबाट बन्चित हुनुपर्ने भएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्