एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २० भदौं ।  नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ ।

बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी हरि रिजालले ४ सय ७७ मत पाउनु भएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी हुनुभएको हो । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिनुहुन्छ । उपाध्यक्षमा पनि कँडेल प्यानलका भोजप्रसाद श्रेष्ठ ४ सय ५५ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

यस्तै, उपसचिव पुरुषतर्फ पूर्ण बुढा मगर र महिलातर्फ लीला राना मगर निर्वाचित हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी