प्रधानमन्त्रीको आसन्न विदेश भ्रमण सफल बनाउन राजनीतिक तहमा सहमति : परराष्ट्रमन्त्री साउद

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २४ भदौ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमण सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आईतबार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाउनुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै  परराष्ट्रमन्त्री साउदले युनाइटेड नेसन्स र चीन भ्रमणका सम्बन्धमा पनि भ्रमणका बेला गर्नुपर्ने तयारी, राख्नुपर्ने प्रश्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा सुझाव र सल्लाह प्रधानमन्त्रीले लिनुभएको बताउनुभयो ।

मन्त्री साउदले प्रधानमन्त्रीले सल्लाह र सुझाव लिइसकेपछि राजनीतिक दलका प्रतिनिधि र परराष्ट्रविद्हरुलाई भ्रमणबारे सुझाव दिएकोमा धन्यवाद दिनुभएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्