मुगु सुकाढीकको झुगोला स्थित नव निर्मित बेलिबृज प्रयोगबिहिन

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २४ भदौ । बर्षाका कारण सडक बिग्रिएपछि मुगु सुकाढीकको झुगोला स्थित नव निर्मित बेलिबृज प्रयोगबिहिन भएको छ ।

गत बैशाखको तेस्रो सातामा निर्माण कार्य सम्पन्न भै उद्घाट पश्चात सवारी साधन ओहोर दोहोर हुदै आएको बेलिबृज बर्षाले खत्याडका विभिन्न ठाँउमा सडक बिगारे पछि दुई महिनादेखि प्रयोग बिहिन बनेको हो ।

करिव ३ करोड ६० लाखको लागतमा निर्माण गरिएको बेलिबृजले सिङ्गो खत्याड गाँउपालिकाका ११ वटै वडाका वासीन्दाहरुलाई सुविधा दिनुको साथै बाजुरा लगाएत सुदुरपश्चिम बाट रारा हेर्न आउने पर्यटकहरुलाई समेत सहज हुन थालेको थियो ।

कर्णाली करिडोरसंग मुगु जिल्ला जोड्ने बेलिबृज बने पछि रारा हेर्ने पर्यटक लगायत मुगु सुदुर पश्चिम संग समेत जोडिएको थियो । असारको तेस्रो साता बाटा आएको अविरल बर्षाले खत्याड गाँउ पालिकाको ठाँउ ठाँउमा आएको बाढी र पैह्रोले सडकलाई क्षेत बिक्षेत बनाई दिए पछि अहिले मानिसहरुलाई समेत जरुरी कामले ओहोर दोहोर गर्न समेत निकै मुस्किल हुने गरेको देखिन्छ ।

भत्केको सडक बनाउने काममा खत्याड पालिकाले समयमै चासो नदेखाँउदा खत्याडवासीलाई आवत जावत गर्न सकस भएको सर्वसाधारणहरुको गुनासो छ । सडक बिग्रे पछि विरामीलाई जिल्ला बाहिर र स्थानीय अस्पताल सम्म पनि लैजान मुस्किल हुने गरेको छ । बर्षा नरोकिएकाले सडक सुधार गर्दा फेरी पैरो जान सक्ने भएकाले बर्षा रोकिए पछि तत्काल सडक मर्मत गर्ने खत्याड गाँउ पालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी