सुन तस्करी प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई आज बुझाउने सीआइबीको तयारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौ, २६ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हङकङबाट आएको ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ ।

पक्राउ परेकाहरुलाई थुनामा राख्ने हद म्यादका कारण सीआइबीले मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने भएको हो ।

विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि पक्राउ परेकाहरुलाई हिरासतमा राखेको मंगलबार ५६ दिन पुगेको छ । पक्राउ गरेको ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । जस अनुसार यही भदौ ३० गतेभित्र मुद्दा दर्ता गर्नुपर्ने हुन्छ ।

सो प्रकरणमा चिनियाँ, भारतीय र नेपाली गरी ३० जना प्रहरी हिरासतमा रहेका छन् । तर, विद्युतीय चुरोट (भेप) माफर्त ल्याइएको ९ किलो सुनको मुद्दा भने प्रहरीले छुट्टै लैजाने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्