राष्ट्रियसभाद्धारा नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २८ भदौ ।  राष्ट्रियसभाले संविधानसभा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

भदौ २६ गते हृदयाघातका कारण निधन भएका नेम्वाङको बिहीबार नै अन्त्येष्टि गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक असोज १२ गते बोलाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्