काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलीदेखि तीन दिनसम्म विद्युत आपूर्ति अवरुद्ध हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २८ भदौ ।  काठमाडौ र ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा भदौ २९ गते शुक्रबारदेखि असोज १ गते सोमबारसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरी टेकु–स्युचाटार ६६ केभी प्रसारण लाइन १३२ केभीमा चार्ज गर्ने कार्यका लागि विद्युत सेवा प्रभावित हुने जनाएको हो ।

प्राधिकरणका अनुसार भदौ २९ गते शुक्रबार बिहान ८ बजेदेखि असोज १ गते सोमबार बिहान ८ बजेसम्म ६६ केभी स्युचाटार टेकु प्रसारण लाइन सटडाउन हुनेछ । कुलेश्वर वितरण केन्द्र अन्तर्गत रहेको रिङ मेन,ताहाचल,चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक,बागमती, रिङ रोड भैसेँपाटी र टेकु सबस्टेसन अन्तर्गतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

यस्तै,रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहर प्रभावित हुने र पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने जनाइएको छ । यस्तै,भदौ ३० गते शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म स्युचाटार पाटन प्रसारण लाइन सटडाउन हुनेछ ।

यस अन्तर्गत पर्ने पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्रमा पर्ने फिडरहर प्रभावित हुने र विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ । भदौ ३० गते शनिबार नै दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म स्युचाटार केभि प्रसारण लाइन अन्तर्गतका क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुनेछ ।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति प्रभावित रोक्ने प्रयास गर्ने समेत जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्