सेयर बजार ४२.१४ अंकले घट्याे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौ, ३१ भदौ । सेयर बजारले फेरि दबाबको सामना गरेको छ ।

नेप्से सूचक आइतबार ४२.१४ अंकले घटेर १९६४.९१ अंकमा आएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचकमा गिरावट आएको छ । २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

यही ब्याजदर सार्वजनिक भएपछि सेयर बजारका लगानीकर्ताले थप नकारात्मक प्रतिक्रिया दिएका हुन् । हुन त ब्याजदर घटाउने र बढाउने बैंकहरुको संख्या बराबरी छ ।

यस दिन २७८ कम्पनीको ५६ लाख ५९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ५४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र एभरेष्ट बैंक परेका छन् ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्