साउन महिनामा मात्रै १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, ३१ भदौ ।  चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा एक खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा रेमिट्यान्स १५ दशमलव ८ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको साउनमा रेमिट्यान्स २० प्रतिशले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स साढे २१ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ ।

यस्तै साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्यामा १२ दशमलव १ प्रतिशतले कमी आई ३९ हजार एक सय ५२ जना कायम भएको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या साढे १९ प्रतिशतले कमी आई १६ हजार चार सय २३ जना रहेको छ । अघिल्लो वर्षको साउनमा विदेश जाने श्रम स्वीकृति लिनेको सङ्ख्या साढे ७५ प्रतिशतले बढेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्