विद्यालय शिक्षासम्बन्धी विधेयकमा सवैको भावना र मागलाई समेट्ने प्रयास गरिएको छः कार्यवाहक प्रधानमन्त्री खड्का

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २ असोज । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षासम्बन्धी विधेयकमा सरोकारवालाहरुको जायज मागलाई समावेश गरिएको बताउनुभएको छ ।

राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजित मूल समारोह समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खड्काले एक महिनासम्म सरोकारवालासंग छलफल गरेर विधेयक तयार गरिएको भन्दै विधेयकमा सवैको भावना र मागलाई समेट्ने प्रयास गरेको बताउनुभएको हो ।

विधेयकमाथि प्राप्त सुझाव र आवाजलाई ध्यान दिएर आफू नेतृत्वको कार्यदलले परिमार्जनसहित जायज माग सम्बोधन गरेरै विधेयक दर्ता गराएको समेत उहाले बताउनुभयो । कार्यवहाक प्रधानमन्त्री खड्काले विधेकयमा केही कमी भए वार्ता र छलफलबाट सम्बोधन गर्न सकिने पनि भन्दै आन्दोलनका कार्यक्रम फिर्ता दिन शिक्षक महासंघलाई आग्रह गर्नुभयो ।

उहाले शिक्षा क्षेत्रको बिकासका निजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै निजि क्षेत्रको शिक्षालाई पनि सर्वसुलव बनाउदै लैजानुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो । सरकार संविधानमा मौलिक हकका रुपमा रहेको अनिवार्य र निःशुल्क शिक्षाको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको उहाको भनाइ छ ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापकलगायतलाई पुरस्कार प्रदान गरिएको थियो । २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सामुदायिक र निजी विद्यालय, प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा सम्बन्धित शिक्षालय, विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा उत्कृष्ट आङ्गिक, सामुदायिक र निजी क्याम्पसलाई पुरस्कार प्रदान गरिएको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्