आजको मौसमः चार प्रदेशमा पानी पर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३ असोज । हाल   मनसुनको    न्यून    चापीय    रेखा  सरदर    स्थानको    दक्षिणतिर    अवस्थित    छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली  देखी सामान्यतया सफा रहेको छ ।

दिउँसो  देशभर  आंशिक  देखि  सामान्य  बदली  रहनेछ।  कोशी,  बागमती,  गण्डकी , लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका  केही  स्थानहरुमा  र  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जनरचट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

राती भने देशभर आंशिक  देखि  सामान्य  बदली  रहनेछ।  कोशी,  बागमती र गण्डकी प्रदेशका  केही  स्थानहरुमा   र  बाँकी  प्रदेशको  एक(दुई  स्थानमा  मेघ  गर्जनरचट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। कोशी र गण्डकी प्रदेशको एक दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

कोशी,  बागमती,  गण्डकी , लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका  केही  स्थानहरुमा  र  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन र चट्याङ्गसहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। कोशी र गण्डकी प्रदेशको एक दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।­­­ ­­वर्षाका कारण त्यस  क्षेत्रहरूबाट बहने    नदीको    जल    सतह    हल्का    बढ्न    सक्ने,    गेग्रान    बहाव,    बाढी,    पहिरो,    भू(क्षय    जस्ता    प्रकोप    हुन    सक्ने    भएकोले    जन    स्वास्थ्य,    कृषि,    दैनिक    जनजीवन,    सडक    तथा    हवाई    यातायातमा    हुन    सक्ने    असुविधा,    जोखिम    रहने महाशाखाले जनाएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी