काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह भारत प्रस्थान गर्नुभएको छ।
प्रकाशमान र पत्नी सिर्जना आज भारत जानुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज भारत प्रस्थान गर्नुभएको हो ।
सिंहको सचिवालयले दिएको जानकारीअनुसार भारतको राजस्थानस्थित माउन्ट आबुमा हुने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको सम्मेलनमा प्रकाशमान र सिर्जनाले भाग लिने कार्यक्रम छ।
उनीहरू पाँच दिन राजस्थानमा रहनेछन् भने भारतमा रहँदा सिंहले राजनीतिक भेटघाट गर्ने सम्भावना पनि छ।




