नेपाल–चीनबीच १३ बुँदे सम्झौता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ८ असोज । नेपाल र चीनबीच १३ बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा दुई देशबीच १३ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच १० वटा सम्झौता र ३ वटा समझदारी पत्र हस्ताक्षर गर्दै आदानप्रदान गरेका हुन् ।

नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदानप्रदान भएको छ ।

हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने, कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने र सन् १९८१ मा भएको चीन–नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा पनि सहमति भएको छ ।

नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा सहमति भएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी