ईः लाई भेट्न पुगिन् उपप्रमुख सुनीता डंगोल

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ९ असोज ।  आन्दोलनरत अभियन्ता ई:लाई भेट्न काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पुगेकी छन्।

मंगलबार बिहान ई:लाई भेट्न  पुगेकी हुन्।

उपप्रमुख डंगोलले उभिएर आन्दोलन गरिरहेका ई: को स्वास्थ्य अवस्था बुझेकि थिइन्।

उनले मागको विषयमा पहल गर्ने प्रतिबद्धता पनि जनाइन्।

सामाजिक अभियन्ता ई: ले फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै असोज २ गतेदेखि काठमाडौं राष्ट्रिय सभा गृह अगाडि उभिइरहेका छन्।

अन्य युवाहरूले पनि उनको आन्दोलनमा साथ दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी