सुन तस्करी प्रकरणमा थुनछेक बहस आजदेखि सुरू हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १० असोज ।  काठमाडौंको सिनामंगलबाट बरामद गरिएको ६१ किलो सुन प्रकरणको थुनछेक बहस बुधबारदेखि सु हुदैंछ ।

उक्त प्रकरणमा संलग्न प्रतिवादीहरुको बयान मंगलबार सकिएकाले बुधबारदेखि थुनछेक बहस सुरु हुने बताइएको छ ।

यसअघि मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको छ ।

सो सुन प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सकाएर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछी प्रतिवेदनमाथि छानबीन गरी जिल्ला अदालत काठमाडौंमा राय सहितको प्रतिवेदन पेश गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी