शेयर बजार राताम्मे हुँदै २ हजार विन्दुबाट तल , १ अर्ब ८३ करोड रुपैयाँको कारोबार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, १४ असोज । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, होटल, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचल फन्ड, अपर हेवाखोला जलविद्युत्, एसिएन हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, मनकामना इन्जिनियरिङ र सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ६७ लाख २३ हजार कित्ता शेयर एक अर्ब ८३ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्सको १४ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी