इजरायलमा मारिएका नेपालीको सम्मानमा भोली राष्ट्रिय शोक घोषणा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असोज २२ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको पाँचौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालय र दुतावास मार्फत इजरायलमा अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको बताउनुभएको हो ।

नेपाललाई बिकास र समृद्धि बनाउन सके रोजगार वा शिक्षाका लागि विदेश जानुपर्ने अवस्था नआउने र विदेशमा हुने बिभिन्न घटनामा नेपालीहरुले अनाहकमा ज्यान गुमाउने अवस्था नआउने उहाले बताउनुभयो । उहाले नेपालमा नै राम्रो शिक्षाको व्यवस्था गर्न सरकारले बिकास र समृद्धिमा जोड दिएको धारणा राख्नुभयो ।

उहाले देशमा भ्रष्टाचार र दण्डहिनता अन्त्य गरेमात्रै मुलुकमा सुशासन कायम हुने भन्दै यसका लागि सवैले योगदान गर्नुपर्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी