कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

सुर्खेत, २३ असोज । कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ।

चालु अधिवेशनको बैठकले कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरेको छ । दुईवटा विधेयक पारित गरेको चालु अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेसँगै कर्णाली प्रदेश प्रतिष्ठान विधेयक लागु भइसकेको छ भने निजामती कर्मचारी विधेयक भने प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको छ।

गत १० जेठदेखि सुरु भएको सो अधिवेशनमा ३९ बैठक बसेको सभामुख नन्द गुरुङले जानकारी दिए।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी