नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा हटाइयो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

नेपालगञ्ज, २३ असोज ।  नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा आजबाट हटाईएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना मार्फत कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जानकारी दिनुभयो ।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाउदै आएको थियो । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी