पोल्ट्री व्यवसाय धरासायी बन्दै गएको व्यवसायीहरुकाे गुनासो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, २३ असोज ।  पोल्ट्रीको राजधानीको रुपमा रहेको चितवनमा पोल्ट्री व्यवसाय धरासायी बन्दै गएको गुनासो व्यवसायीहरुले गरेका छन् ।

विश्व अण्डा दिवसका बिषयमा जानकारी दिन मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले कोरोना महामारीका साथै दानाको मुल्य बृद्धि र बैकको चर्को ब्याजका कारण पोल्ट्री ब्यबशाय ओरालो लाग्ने क्रममा रहेको बताएका हुन् ।

अण्डा लगाएत पोल्ट्रीजन्य उत्पादनले उत्पादन लागत पनि नपाउने गरेको नेपाल लेयर्स कुखुरा पालक सघका अध्यक्ष बिनोद पोखरेलले बताउनु भयो । चितवनमा रहेका कुखुरा पालक किसान ह्याचरी उद्योगहरु आधा भन्दा बढी बन्द भईसकेको उहाले बताउनु भयो ।

पोल्ट्री क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनको करीब ४ प्रतिसत योगदानुका साथै ५ लाख ब्यक्तिलाई रोजगार प्रदान गरेको संघले जनाएको छ ।

कोभिड भन्दा अगाडी दैनिक ५० देखि ५५ लाख अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर ३० लाख गोटामा झरेको छ । चितवन र यसको आसपासको क्षेत्रमा हाल करीब १६ लाख लियर्स कुखुरा रहेको र १ सुय ५० किसान आबद्ध रहेका छन् । पोल्ट्री ब्यबशाय प्रति सरकारको नितिगत कारणले गर्दा पोल्ट्री ब्यबशायीहरु समश्यामा परेको नेपाल ह्याचरी महासघका अध्यक्ष गुणचन्द बिष्टले बताउनु भयो । पोल्ट्री ब्यवसायको अबस्था नाजुक रहकै अबस्थामा असोज २६ गते बिश्व अण्डा दिवस मनाउन लागिएको उनीहरुले जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी