लुक्ला विमानस्थलमा चार दिनदेखि उडान ठप्प हुँदा पर्यटक समस्यामा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २३ असोज । सोलुखुम्बुको लुक्ला विमानस्थलमा चार दिनदेखि उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् ।

यो बेला दैनिक ४० वटासम्म उडान हुने गरेकोमा खराब मौसमका कारण पछिल्लो ४ दिनदेखि एउटा पनि उडान हुन नसकेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ ।

उडान नभएपछि सयौँ पर्यटक अहिले रामेछापको मन्थलीमा अलपत्र परेका छन् । काठमाण्डौबाट लुक्ला उडान गर्दा चाप बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थलीबाट लुक्ला उडान गर्न एअरलाइन्सहरुलाई निर्देशन दिएको छ ।  मौसम खुल्दा केही हेलिकप्टर उडान भएपनि जहाजको उडान ठप्प छ ।

मन्थलीमा खोजेजस्तो होटल नभएको र भएका होटल पनि निकै महँगो भएकाले पर्यटक हैरान भएका छन् । छोटो समयको बिदा लिएर आएकाहरु निराश हुँदै फर्किएका स्थानीयले बताएका छन् । बर्खा सकिएसँगै अहिले सयौँ विदेशी र नेपाली पर्यटक सगरमाथा क्षेत्रमा जाने तयारीमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी