काठमाडौं, २३ असोज । काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भुइँचालो गएको छ ।
मंगलबार साँझ ५ बजे ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंभित्र बढी महसुस भएको छ । काठमाडौं आसपासको क्षेत्रमा पनि सामान्य हल्लाएको बताइएकाे छ ।




