काठमाडौंको बागमती नदी किनारमा युवकको शव फेला

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २४ असोज ।  काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवकको शव फेला परेको छ ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । मृत फेला पर्नेमा काठमाडौंको बुद्धनगर बस्ने २० वर्षीय विमल महरा रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा रगत र सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी