१०० रुपैयाँले घट्यो सुनको मूल्य

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, २४ असोज । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलमा एकसय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ८ सय रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि बुधबार तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने बुधबार अघिल्लो दिनको मूल्य नै कामय हुँदै प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी