हेलिकप्टर दुर्घटनामा घाइते पाइलटको अवस्था गम्भीर बनेपछि भारत लैजाने तयारी

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असोज २७ । सोलुखुम्बुमा आज बिहान भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईँको अवस्था गम्भीर रहेको ह्याम्स अस्पतालले जनाएको छ । अस्पतालले विज्ञप्ति निकालेर उहाँको अवस्था गम्भीर रहेको र परिवार तथा एअलाइन्ससँगको सल्लाहमा थप उपचारको लागि आजै भारतको मुम्बई लैजाने तयारी भएको जनाएको छ ।

पाइलट सेढाईँको मुखको भाग र हातखुट्टा लगायत शरिरको ४५ देखि ५० प्रतिशतसम्म भाग जलेको अस्पतालले जनाएको छ । यस्तै उहाँको फोक्सो, मेरुदण्डको हड्डी र मृगौलामा पनि समस्या रहेको छ ।

बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी