इजरायलमा निधन भएका पाँच जनाको शव नेपाल ल्याउने तयारी

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २८ असोज ।  परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

सुदूरपश्चिम पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री साउदले मृत्यु भएका १० मध्ये पाँचवटा शव इजरायल सरकारले हस्तान्तरण गरिसकेकाले छिटै नेपाल ल्याउने तयारी भइरहेको बताउनुभएको हो ।

अन्य पाँचवटा शवको जाँच प्रक्रिया पुरा भएपछि नेपाललाई बुझाउने उहाले बताउनुभयो । मन्त्री साउदले इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीका लागि हमाससँग सम्बन्ध भएका अन्य खाडी मुलुकका सरकारसँग पनि समन्वय भइरहेको जानकारी दिनुभयो ।

उहाले पीडाका बेला एक हुन्छौ भन्ने उदाहरण इजरायल घटनाले देखाएको भन्दै संसद, राजनीतिक दलहरु, नागरिक समाज लगाएत सवै प्रति आभार प्रकट गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी