उपत्यका छाड्ने सर्वसाधारणहरु बढेसंगै बिभिन्न नाकामा सवारी साधानको चाप

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडाैँ, २ कात्तिक ।  बडादशैंका अवसरमा उपत्यका छाड्ने सर्वसाधारणहरु बढेसंगै उपत्यकाका बिभिन्न नाकामा सवारी साधानको चाप बढेको छ ।

जगाती, कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकामा सवारी साधनको चाप बढेको ट्राफिक कार्यालयले जनाएको छ । उपत्यकाबाट पछिल्लो दिनमा सवारी साधन रिर्जभ गरेर जानेको संख्या पनि बढेका कारण सवारीको पनि चाप बढेको हो ।

अहिले उपत्यका भित्रनेको तुलनामा बाहिरिनेको संख्या निकै बढि छ , यो क्रम फूलपातीसम्म जारी रहने देखिएको छ । घर फर्कनेको चाप बढेपछि सहज रुपमा सवारी साधन नपाउने, बढि भाडा लिने, एउटै सिटको दोहोरो टिकट काट्ने लगाएतका समस्या लिएर सर्वसाधारण आउने गरेको नागरिक सहायता कक्षमा बसेका ट्राफिक प्रहरीहरुले बताएका छन् ।

सर्वसाधारणलाई ठगिन नदिन नाकामा ट्राफिक प्रहरीहरु बसेर बढि भाडा लिए नलिएको चेकजाँच पनि गरिरहेका छन् । कामका लागि देश बाहिर रहेका र देश भित्र पनि शहरी क्षेत्रमा बस्दै आएकाहरु दशैमा घर फर्कने गरेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी