शेयर बजार ४ अङ्कले घट्यो, ९७ करोड रुपैयाँको कारोबार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २ कात्तिक ।  दशैँ बिदाअघिको अन्तिम दिन आज बिहीवार शेयर बजार सामान्य घटेको छ ।

हिजो बुधवार उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय तीन दशमलव ८४ विन्दुमा झरेको छ ।

आज सबैभन्दा धेरै अपर सोलु जलविद्युत् कम्पनीको शेयर झन्डै साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सिटिजन्स म्युचुअल फन्ड–२ को शेयर भने झन्डै छ प्रतिशतले बढेको छ ।

आज ३७ लाख ६६ हजार कित्ता शेयर ९७ करोड छ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नबिल बैंकको प्रमोटर शेयर पाँच करोड ९० लाख र प्रभु बैंकको प्रमोटर शेयर पाँच करोड १५ लाख रुपैयाँमा किनबेच भएको छ ।

भोलि शुक्रवार र पर्सिदेखि दशैँ बिदा शुरु हुने भएकाले शेयर बजार अब आउँदो १२ गतेमात्रै खुल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी