उपभोक्तालाई कम तेल दिएर ठग्ने काठमाण्डौका ४ वटा पेट्रोल पम्प ‘सिल’

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २ कात्तिक।  उपभोक्तालाई कम तेल दिएर ठग्ने काठमाण्डौका चार वटा पेट्रोल पम्प सरकारले सिल गरेको छ ।

निरन्तर पम्पहरूको अनुगमन गरिरहेको सरकारी अनुगमन टोलीले पछिल्लो तीन दिनमा काठमाण्डौका चार वटा पम्प सिल गरेको हो ।

अनुगमन टोलीले शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प, हल्चोकको सशस्त्र प्रहरीको पेट्रोल पम्प, कलङ्कीको श्यामा पेट्रोल पम्प र तीनकुनेको बाबा भ्याली पेट्रोल पम्प सिल गरेको हो । अनुगमन टोलीले आज बिहीवार हरिसिद्धि पेट्रोल पम्प सिल गरेको हाे ।

हिजो बुधवार सशस्त्र प्रहरीको पेट्रोल पम्प र श्यामा पेट्रोल पम्प सिल गरेको थियो । त्यस्तै टोलीले अस्ति मङ्गलवार बेलुका बाबा भ्याली पेट्रोल पम्प सिल गरेको थियो ।

प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग प्रतिनिधि सम्मिलित टोलीले अहिले पेट्रोल पम्पहरूको अनुगमन गरिरहेको छ । सिल भएका पेट्राेल पम्पहरूलाई कारबाही गरेर मात्रै पुनः सञ्चालनको अनुमति दिइने सरकारले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी