राजस्व छलेर ल्याएको चिनी बरामद

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३ असोज ।  बनेपामा राजस्व छलेर ल्याएको ९२ बोरा चिनी बरामद भएको छ ।

उक्त चिनी इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले बरामद गरेको हो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँच गर्दा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छलेर ल्याएको ५० किलोका ९२ बोरा चिनी भेटिएको हो ।

चिनीसहित ट्रक र ट्रकका चालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रकमा धानको बोराले छोपेको ९२ बोरा चिनी अन्दाजी पाँच लाख ९८ हजार रुपैयाँ मुल्यको चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । बिहीबार ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी