राष्ट्रिय मानवअधिकार आयोगका कार्यालय दशैँ बिदामा पनि खुल्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३ असोज ।   राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय दशैँ बिदामा पनि खुल्ने भएका छन् ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुल्ने आयोगले जनाएको छ ।

आमनागरिकको मानवअधिकार संरक्षणलाई ध्यानमा राख्दै बिदाका दिनमा  पनि कार्यालय बन्द खुलाउने व्यवस्था मिलाइएको आयोगले जनाएको हो ।

आयोगले यो अवधिमा मानवअधिकार उल्लङ्घनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको अनुगमन गर्ने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी