काठमाण्डौमा हिजोभन्दा आज चिसोकाठमाण्डौमा हिजोभन्दा आज चिसो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं,  ५ कार्तिक ।  काठमाण्डौमा हिजोभन्दा आज चिसो छ । आज न्यूनतम तापक्रम हिजोको भन्दा झण्डै दुई डिग्री सेल्सियसले घटेको छ ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ७ डिग्री सेल्सियस थियो भने आज १० डिग्री सेल्सियसमा झरेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, काठमाण्डौको आजको अधिकतम तापक्रम पनि घट्दो छ । आजको अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म रहने मौसमविद्को अनुमान छ । देशका अन्य ठाउँमा पनि अधिकतम र न्यूनतम तापक्रम घट्दो छ ।

दिउँसो खासै चिसो नभए पनि बिहान बेलुका चिसो बढेको छ । यस्तै, दशैँको टीकाको दिन पर्सि मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा रहने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी