२४ घण्टामा एक लाख ३० हजारभन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरए,गाउँघरमा चहलपहल बढ्दो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं,  ५ कार्तिक ।  काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ ।

गएको २८ गते अग्रिम टिकट बुकिङ शुरु भएदेखि नै सहर बजारमा रहेकाहरु घर फर्किन थालेका हुन् । विद्यार्थी, कर्मचारी, व्यापारव्यवसाय गरी बस्ने  तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर गाउँघर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको हो ।

फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैँको महत्त्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । हिजो फूलपातीको दिन एक लाख जनाभन्दा धेरै यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ३० हजारभन्दा धेरै यात्रु बाहिरएका तथ्याङ्क छ  ।

घटस्थापनादेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका अनुमान गरिएको छ । गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै सहर, बजारमा चाप घट्न थालेको छ । मानिस र गाडीको सङ्ख्या घट्न थालेको छ । धेरैजसो पसल तथा सटरहरु बन्द छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी