झापामा ट्रक र स्कुटर ठाेक्किँदा दुई जनाकाे मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

झापा, ५ कार्तिक । झापाकाे अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा गएराति ट्रक र स्कुटर ठाेक्किँदा दुई जनाकाे ज्यान गएकाे छ ।

दुर्घटनामा स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन लुङ्गेली मगर उपचारका क्रममा ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले बताउनु भयाे ।

ट्रक चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई पक्राउ गरिएकाे उहाँले बताउनु भयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी