भारतीय तीर्थयात्री बाेकेकाे जीप मकवानपुरमा दुर्घटना, १३ जना घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

मकवानपुर, ७ कार्तिक । मकवानपुरमा भारतीय तीर्थयात्री बाेकेकाे जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

वीरगञ्जबाट काठमाण्डाैका लागि छुटेकाे मधेश प्रदेश ०३–००१ज०२८३ नम्बरको जीप आज बिहान इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीकाे कुलेखानी– मातातीर्थ सडक खण्डमा दुर्घटना भएकाे हाे ।

जीप आफैँ अनियन्त्रित भइ सडकबाट खसेकाे मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

जीप चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने २५ वर्षका अनिलकुमार शाहलाई पक्राउ गरिएकाे उहाँले बताउनु भयाे । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाण्डाै पठाइएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी