मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौ, कार्तिक ९ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

काठमाण्डौबाट हेटौँडाका लागि छुटेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर हिजो बुधवार दुर्घटना हुँदा काठमाण्डौ महानगरपालिका–२७ बस्ने ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा राज्यश्रीको श्रीमान् ६५ वर्षका शशीराज भने पाण्डे घाइते भएको छ । पाण्डेको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भइ सडकबाट तल खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी