काठमाडों, कार्तिक १२ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले असोज १४ गतेको संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नुहुने भएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले महासचिव गुटेरेसले असोज १४ संघीय संसदलाई सम्बोधन गर्ने जानकारी दिनुभएको हो । गुटेरेसले असोज १४ गते मंगलबार ४ बजे सम्बोधन गर्ने सभामुख घिमिरेले बताउनुभयो ।
गुटेरेसले सम्बोधन गर्ने भएकाले औपचारिक पोसाकमा उपस्थित हुन उहाले सांसदहरुलाई आग्रह समेत गर्नुभयो ।




