रिगलको कैद मिनाह गरी माफी दिने निर्णय विरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १५ कार्तिक ।  योगराज ढकाल (रिगल)को कैद मिनाह गरी माफी दिने निर्णय विरुद्धको रिटमा सर्वोच्चमा आज पनि सुनुवाइ हुने भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा हिजो भएको सुनुवाइमा सरकार पक्षबाट बहस भएको थियो ।

आज पनि सरकार पक्षका कानुन ब्यावासयीहरुले बहस शुरु गर्नेछन् । संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो ।

राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी