संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस चार दिने नेपाल भ्रमण सकेर बेलायततर्फ प्रस्थान

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं , १५ कात्तिक। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किनुभएकाे छ ।

गुटेरेस बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गर्नुभएकाे हाे ।

नेपाल भ्रमणको क्रममा गुटेरेसले  हिजाे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने काममा नेपाल एक्लै नरहेको भन्दै त्यसलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताउनुभएकाे थियाे ।

त्यसअघि हिजाे नै  दिउँसो लुम्बिनी क्षेत्रको भ्रमण गरी उहाले विश्व शान्तिमा नेपालको योगदानको चर्चा गर्दै युद्धरत मुलुकहरुलाई शान्ति कायम गर्न आह्वान गर्नुभएकाे थियाे ।  नेपालमा रहँदा उहाले सगरमाथाको आधार शिविर अन्नपूर्ण पदमार्गसमेत भ्रमण गर्नुभयाे । त्यहाँबाट उहाले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असरको विश्व समुदायको ध्यानाकर्षण गराउनुभएकाे थियाे ।

उहाले संघीय संसदमा पनि जलवायु परिवर्तनको असरबारे बोल्दै जलवायु परिवर्तनको संकटमा नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिदिनु भएकाे छ ।

नेपाल भ्रमणको क्रममा उहाले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्तासमेत गर्नुभएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी