नेप्सेमा दोहोरो अंकको गिरावट, ९६ करोडको सेयर कारोबार

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १६ कात्तिक ।  दसैँपछि निरन्तर ओरालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन थप १० अंकले घटेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचक १०.८६ अंकले घट्दै १८ सय ४७.७० अंकमा झर्न पुगेको हो ।

यस्तै आज सेन्सेटिभ इन्डेक्स समेत २.१९ अंकले घट्दै ३५७.७६ अंकमा झरेको नेप्सेले जनाएको छ ।

आज होटल तथा पर्यटन समूह र म्यानु एण्ड प्रो समूहको दुई वटा उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । आज म्युचुअल फन्ड समूहको उपसूचक सबैभन्दा बढी ४.६३ प्रतिशतले घट्न पुगेको छ ।

यस्तै, ट्रडिङ समूहको उपसूचक ३.०५ प्रतिशतले घट्दा यता हाइड्रोपावर समूहको उपसूचक १.०५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

आज होटल तथा पर्यटन समूहको उपसूचक ४.२७ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक झिनो अंक (०.०७ प्रतिशतले) बढेको छ ।

१० अंकमाथिले नेप्से घटेको यस दिन ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको ३७ लाख ४९ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्