तारा एयर पाइलट झगडामा रामेछाप विमानस्थल प्रमुख निलम्बित

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं। रामेछाप मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको घटनामा रामेछाप विमानस्थल नागरिक उड्डयन कार्यालय प्रमुख अशोक थापालाई निलम्बन गरिएको छ।

उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त घटनाबारे विस्तृत अनुसन्धान गर्नुपर्ने भन्दै रामेछाप विमानस्थल प्रमुख थापालाई अर्को सूचना जारी नहुन्जेलका लागि निलम्बन गरेको जनाएको छ।

शुक्रबार बिहान ८ बजे तारा एयरको ट्विनअटर जहाज लुक्लाबाट मन्थली विमानस्थल अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल एप्रोनमा कुटाकुट भएको थियो।

विमानस्थल प्रमुख थापाले घटना पुष्टि गरेका थिए तर झगडाको कारण भने खुलेको छैन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी