काठमाडौं, २० कात्तिक। राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।
राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिनुभयाे ।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति कात्तिक २२ गते त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।
न्युज कारखाना





