सबै शक्ति लगाएर नयाँ संसद भवन निर्माण, इन्टेरियर तथा अन्य प्राविधिक पक्षको काम गर्न सभामुखकाे निर्देशन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २१ कात्तिक ।   सभामुख देवराज घिमिरेले सबै शक्ति लगाएर नयाँ संसद भवन निर्माण, इन्टेरियर तथा अन्य प्राविधिक पक्षको काम गर्न निर्देशन दिनुभएको छ ।

मंगलबार सिंहदरबारमा नयाँ संसद भवन निर्माणको प्राविधिक तयारीबारे जानकारी लिँदै सवै शक्ति लगाएर भवन निर्माण, इन्टेरियर तथा अन्य प्राविधिक पक्षको काम गर्न निर्देशन दिनुभएको हो ।उहाँले आगामी दुई महिनाभित्रै भवन निर्माण र उपकरण जडानको काम पूरा गर्न सुझाव दिनुभयो । नवीनतम प्रविधिको प्रयोग र जोखिम निराकरणसम्बन्धी विषयमा विशेष ध्यान पु¥याउन सचिवालयका पदाधिकारी र कर्मचारीलाई उहाले सुझाव दिनुभएको ।

छलफलमा सहरी विकासमन्त्री सीता गुरुङले गुणस्तरमा बढी ध्यान दिएर प्राविधिक कुरा सम्पन्न गर्नुपर्ने बताउनुभएको थियो । एक सय ५१ रोपनीमा ठूला साना गरी ११ वटा भवन निर्माण गर्नुपर्नेमा हालसम्म ११ वटाको छानासम्मको काम भएको निर्माण आयोजनाले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी