संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरु एक ठाउँ हुनुहुन्छः प्रधानमन्त्री

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडाै‌ं, २१ कात्तिक ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरु एक ठाउँ उभिएको बताउनुभएको छ ।

आज  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहाल प्रचण्डले  संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भुमिका खेल्ने पार्टी र नेताहरुको समीक्षात्मक बैठक निरन्तर राख्नेबारेमा पनि एकमत भएको बताउनुभयो ।

बैठक कसैसँग डराएर नभइ समीक्षा गर्नका लागि बसेको उहाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी