कोशी प्रदेशसभामा १० महिनापछि विभिन्न विषयगत समिति गठन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २२ कात्तिक ।  कोशी प्रदेशसभामा १० महिनापछि विभिन्न विषयगत समिति गठन भएका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले महिनापछि प्रदेशसभाको विभिन्न विषयगत समितिमा मनोयन गरिएका सदस्यहरुको नाम पढेर सुनाउनुभएको हो । जस अनुसार न्याय प्रशासन तथा विधायन समितिमा १२, सुशासन तथा योजना समितिमा १५, अर्थ समितिमा १३ जनालाई मनोनयन गरिएको छ ।

त्यस्तै सार्वजनिक लेखा समितिमा ११, सामाजिक विकास समितिमा १२, उद्योग, पर्यटन तथा वातावरण समितिमा १३ र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा १२ जनालाई मनोनयन गरिएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १३३ बमोजिम समितिमा सदस्यहरुलाई मनोनयन गरिएको उपसभामुख दनुवारले जानकारी दिनुभयो ।

बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल समेत भएको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान बोलाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी